२२ जेष्ठ २०७७, बिहीबार
  • घनश्याम मिश्र

जनकपुरधाम, २२ जेठ । लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले एक व्यापारीलाई निर्घात रुपमा कुटपीट गरेको छ ।

जनकपुरको जानकी मन्दिरवाट जनकचोक जाने गल्लीमा रहेको गिता गिफ्ट हाउसका सञ्चालक श्याम चौधरीलाई निर्घात रुपमा प्रहरीले कुटपीट गरिरहेको भीडियो सामाजिक सञ्जालमा समेत भाइरल भईरहेको छ ।

श्यामले आफु पसल सफाई गर्न आएको बताउँदै पसलमा रहेको आफनो बुवा माथि एक प्रहरीले हात उठाएपछि आफू प्रतिवाद गर्दा सोही निहुँमा अन्धाधुन्द लाठी बर्षाउन थालेको बताए । उनले बुवालाई कुटपीट गर्दा आफू पनि आक्रोशमा आएको बताए ।

भाइरल भई रहेको भिडियोमा प्रहरीले व्यापारी साहका साथै अन्य केही व्यक्तिलाई समेत लाठीले प्रहार गरिरहेको देखिन्छ । प्रहरीले व्यापारी श्याम मात्र नभइ बाटो हिडने पैदल र साइकल यात्री माथि पनि लठ्ठी प्रहार गरेको देख्न सकिन्छ । प्रहरीको भ्यान नजिक पुरयाएर श्यामलाई एकजना जवानले अन्धाधुन्द लठ्ठी वर्षाएको समेत देखिन्छ ।

यता प्रहरीमाथी नै दुव्र्यवहार हुनुका साथै कुटपीट भएपछि आफूहरुले बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

उहाँले व्यापारी श्याम साहको कुटाईबाट जानकी चौकीका ईन्चार्ज राजाराम यादव घाइते भएको समेत बताउनुभयो । व्यापारी कुटने दुई प्रहरी प्रदेशमा तानिए ।

यसैबीच लकडाउन पालन गराउने समयमा व्यापारीहरुसँग दुव्र्यव्यहार गर्ने दुई जना प्रहरी कर्मचारी कारवाहीमा परेका छन् ।

लकडाउन पालन गराउने क्रममा जनकपुरधामको जानकी मन्दिर नजिक स्थानीय व्यापारी श्याम चौधरी र उनका वुवा झगरु चौधरीलाई कुटपीट गर्ने प्रहरी प्रदेश प्रहरीमा तानिएको प्रदेश २ का डिआइजी धिरज प्रताप सिंहले जानकारी दिनुभयो ।

लकडाउन पालन गराउने क्रममा प्रहरीकै त्रुटि देखिएपछि दुईजना प्रहरी कर्मचारीलाई प्रदेशमा तानिएको प्रदेश प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो ।

स्थानीय व्यापारीलाई कुटने जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत्त प्रहरी सहायक निरीक्षक मेरुलाल गुप्ता र प्रहरी जवान दीपक यादवलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रदेश प्रहरीमा तानिएको प्रदेश प्रहरीका प्रमुख डिआईजी सिंहले जानकारी दिनुभयो ।

LIVE TV