२२ जेष्ठ २०७७, बिहीबार

काठमाडौं, २२ जेठ । मुलुकमा थप ३ सय ३४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय संख्यामा ३४ संक्रमित थपिएका हुन् । थपिनेमा ३ सय १९ पुरुष र १५ महिला छन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या २ हजार ६ सय ३४ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगर प्रयोगशालामा मोरङका १, नारायणी अस्पतालमा १ जना संक्रमित थपिएका छन् ।

यस्तै, धरान प्रयोगशालामा भएको परीक्षणमा झापाका ३, ताप्लेजुङका सुनसरीमा रहेका १, मोरङका १, सप्तरीका १३ जना गरी १८ जना संक्रमित थपिएका छन् ।

यस्तै, हेटौंडा प्रयोगशालामा भएको परीक्षणमा ९ जना ७ जना बाराका, सिन्धुलीका १, रौतहटका १ जना संक्रमित थपिएका छन् । यस्तै, कास्की प्रयोगशालामा १६ जना, म्याग्दीका १, बाग्लुङका १० जना, पर्वतका ४, स्याङजाका १ जना छन् ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा डोटीका ३ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ४२ जना, धुलिखेलमा भएको परीक्षणमा कपिलवस्तुका १७ जना संक्रमित थपिएका छन् ।

यस्तै, राप्ती स्वास्थ्य प्रतिष्ठानमा दाङका १५ जना, कर्णाली स्वास्थ्य विज्ञान मुगुका १, दैलेखका १०५ जना गरी १ सय ६ जना संक्रमित थप भएका छन् । यस्तै, कोशी अस्पतालमा भएको परीक्षणमा झापाका २ र खोटाङका ३ जना गरी ५ जना संक्रमित थपिएका छन् भने सुर्खेत प्रयोगशालामा भएको परीक्षणमा दैलेखका ८ जना संक्रमित छन् ।

यस्तै, जनस्वास्थ्य प्रयोगशाला बाराका ५, धनुषाका ६, कपिलवस्तुका १२ जना, महोत्तरीका ३ जना, रौतहटका ६४ जना, सर्लाहीका ३ जना गरी ९३ जना थपिएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेश नम्बर १का १२ जिल्लामा गरी १९७ जना, प्रदेश नम्बर २ मा ८ जिल्लाका ९६३ जना, वागमती प्रदेशमा १२ जिल्लाका गरी ५९ जना, गण्डकी प्रदेशमा ७ जिल्ला ५३ जना, प्रदेश नम्बर ५ मा ११ जिल्ला ९ जना, कर्णाली प्रदेशमा ३८३ जना, सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा गरी १ जना संक्रमित छन् ।

यस्तै, हालसम्म १ लाख ६१ हजार २ सय ६२ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा २ हजार ३ सय ३ जना छन् । यस्तै, आज १२ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या २ सय ९० पुगेको छ ।

मन्त्रालयका अनुसार मुलुकभर ८४ हजार १ सय ३४ जनाको पीसीआर र आरडीटीबाट १ लाख २५ हजार ५सय ६४ जनाको परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV