२२ जेष्ठ २०७७, बिहीबार
  • बाल बिक्रम कार्की,

रौतहट, २२ जेठ । लकडाउनको मौका छोपी गाँ’जा ओसारपसार गर्ने चारजनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्रममा रौतहट प्रहरीले २० किलो गाँ’जा पनि बरामद गरेको छ ।

जिल्लाको मौलापुर–जयनगर मूल सडकखन्डमा चेकजाँचको क्रममा प्रहरीले सो परिमाणको गाँ’जा बरामद गरेको हो ।

नियन्त्रणमा पर्नेमा गाँ’जा ओसारपसार गर्ने मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थाना भर्यांगका नीरज लामा, वडा नम्बर १२ पदमपोखरीका सागर लामा र अंकित लामा तथा कैलाश गाउँपालिका ९ कुमलटारका विशाल लामा रहेका इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख प्रहरी निरीक्षक मेदनीप्रसाद साहले जानकारी दिनुभयो ।

प्रहरीको टोलीले गोनाही चौकमा चेकजाँच गर्ने क्रममा दुईवटा मोटरसाइकलमा चारवटा झोलाभित्र लुकाइराखेको अवस्थामा गाँ’जासहित उनीहरूलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

प्रहरीले उनीहरूले प्रयोग गरेको बा ६४ प ९३०७ र ना ४५ प ६३९८ नम्बरको मोटरसाइललाई पनि वरामद गरेको छ । प्रहरीले चारैजनालाई गाँजा र मोटरसाइकल सहित थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गरूडामा बुझाएको छ ।

इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महत्तोका अनुसार उनीहरूले गाँ’जा आफैले उत्पादन गरेको र सो बेच्न रौतहट आएको प्रारम्भिक वयान दिएको जानकारी दिनुभयो । उहाँले नियन्त्रणमा परेका सबैको म्याद थप गरेर थप अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV