२२ जेष्ठ २०७७, बिहीबार
  • अमर काफ्ले,

सुनसरी, २२ जेठ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सञ्चालनमा ल्याइएको होल्डिङ सेन्टरमा बसेका २ जना पुरूषमा कोरोना संक्रमण भएको पाइएको छ ।

उनीहरू मध्ये एकजना मोरङका हुन् भने अर्का व्यक्ति ताप्लेजुङका हुन् । भारतबाट आएका उनीहरूलाई भोक्राहाको होल्डिङ सेन्टरमा राखिएको थियो ।

होल्डिङ सेन्टरमा बसेका धेरैजसो पश्चिम नाका हुँदै नेपाल भित्रिएकाहरू हुन् । पूर्वी पहाडी र सुनसरी आसपास घर भएकाहरूलाई बन्द रहेको सिम्याक्स फूड उद्योगमा राखिएको छ ।

७८ जनाको पीसीआर परीक्षण गरिएको थियो, जहाँ २ बाहेक अन्य सबैको रिपोर्ट नेगेटिभ आएको सुनसरी प्रहरीले जनाएको छ । सो सेन्टरमा १०२ जना बसेका छन् ।

जसमध्ये कोारेना नेगेटिभ पाइएकाहरू घर फर्कन थालेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV