२२ जेष्ठ २०७७, बिहीबार
  • मनिराज पाण्डे,

कालिकोट, २२ जेठ । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या थपिने क्रम तीब्र बनेको छ । भारतबाट आउनेको संख्या बढेसंगै कोरोना संक्रमितको संख्या पनि दिनानुदिन बढ्दो छ ।

आज मात्र कर्णाली प्रदेशमा थप १ सय ६ जना नयाँ संक्रमित फेला परेका छन् ।

थपिएका संक्रमितहरुमा दैलेखका १ सय ५ जना छन् भने मुगुका १ जना छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका गरिएको परीक्षण पछि उनीहरुमा कोरोना भाइरस पोजिटिभ संक्रमणको पुष्टि भएको हो ।

संक्रमितमा दैलेखका १ सय पुरुष र पाँच महिला छन् भने मुगुका १ जना पुरुष छन् । योसंगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट मात्रै २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समग्र कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ८४ पुगेको छ ।

LIVE TV