२२ जेष्ठ २०७७, बिहीबार
  • मनिराज पाण्डे

कालिकोट, २२ जेठ । चैत्र ११ देखिदेखि सुरु भएको बन्दाबन्दी (लकडाउन)पछि कर्णाली प्रदेशमा ४७ जनाले आत्मह’त्या गरेका छन् ।

यस अवधिमा सुर्खेतमा १९, दैलेखमा ११, रुकुममा ७, सल्यानमा ७, जुम्लामा २ र डोल्पामा १ जनाले आत्मह’त्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी लोकनाथ तिमिल्सिनाले बताउनुभयो ।

प्रदेश प्रहरीको तथ्याङ्कअनुसार लकडाउनपछि कर्तव्य ज्यानका घटना ६ वटा घटेका छन् भने ज्यान मा’र्ने उद्योगका घटना ७ वटा । यसैगरी भवितव्य परी २५ जनाले ज्यान गुमाएका छन् ।

साथै फुट्कर ज्यान ८ र आत्मह’त्या दुरुत्साहनका घटना २ वटा रहेको छ । बन्दाबन्दीको समयमा जबरजस्ती करणीका २३ वटा उजुरी समेत परेका छन् । त्यस्तै सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर सम्बन्धी २२ वटा उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV