२२ जेष्ठ २०७७, बिहीबार
  • सन्तोष काफ्ले

सुनसरी, २२ जेठ । सुनसरीको धरानमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको छ ।

धरान- १५ साम्पाङ्ग चौकमा रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा आमाछोरीको जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा ८७ वर्षीया आमा धनकुमारी श्रेष्ठ र उनकी छोरी ५२ वर्षीय सीता श्रेष्ठको मृत्यु भएको धरान प्रहरीले जनाएको छ ।

बिहीबार बिहान आगलागी भएपछि आमा धनकुमारी बाहिर निस्कन सफल भए पनि छोरी अपांग –बोल्न नसक्ने) घरभित्रै चिच्याउन थालेपछि छोरीको उद्धार गर्न जाने क्रममा आगोको ज्वालाको मुस्लोका कारण बाहिर निस्कनै नसक्दा दुवै जनाको मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

आगलागीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, धरान उपमहानगरपालिकाको दुईवटा दमक, इटहरी नगरपालिकाको एउटा दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

स्थानीय तारा शाक्यले खबर गरेको करिब १ घण्टापछि मात्र दमकल आएका कारण ठूलो क्षति भएको भएको गुनासो पोख्नुभयो ।

प्रहरीले भने समयमै पुगे पनि क्षति हुनबाट बचाउन नसिकएको बताएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले आगलागी के कारणल भयो र कति क्षति भयो भन्ने कुरा यकिन जानकारी नभए पनि आगलागीका कारण दुई जनाको मृत्यु भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV