२२ जेष्ठ २०७७, बिहीबार

एजेन्सी, २२ जेठ । अक्सफोर्ड युनिभर्सिटीमा कोरोना संक्रमण रोकथामका लागि विकसित गरिएको नयाँ खोप ब्राजिलमा जुनको बीच तिरबाट प्रयोग गरिने जनाइएको छ ।

यो खोप यस हप्तामा दुई हजार स्वयंसेवकहरुमा परीक्षण गरिनेछ । साउ पाउलो विश्वविद्यालयका अधिकारीहरूका अनुसार १८ देखि ५५ वर्ष बीचका स्वास्थ्यकर्मीहरू मात्र यस अनुसन्धानमा सहभागी हुनेछन् । कोरोना अस्पतालहरूमा कार्यरतहरूले पनि यस परीक्षणमा भाग लिन सक्ने बताइएको छ ।

युनिभर्सिटीका अध्यक्ष सोरया स्माइलीले भनिन्, “ब्राजिल अध्ययनका लागि छनौट गरिएको छ किनकि यस समयमा कोरोना संक्रमणका धेरैजसो घटनाहरू ब्राजिलमा देखिएको छ । ”

ब्राजिल हाल कोरोना संक्रमणको घटनामा संयुक्त राज्य अमेरिकापछि दोस्रो स्थानमा परको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV