२२ जेष्ठ २०७७, बिहीबार

काठमाडौं, २२ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) केही साताअघि रोक लगाएको हाइड्रोक्सीक्लोरोक्वाइनको अ‍ैषधिको क्लिनिकल ट्रायललाई फेरि अनुमति दिएको छ ।

केही शोध अनुसन्धानहरुले मलेरिया रोगको यो औषधि कोरोनाका बिरामीमा निष्प्रभावी रहेको निष्कर्ष निकालेपछि लब्लूएचओले अस्थायी रुपमा प्रतिबन्ध लगाएको थियो ।

क्लिनिकल परीक्षण समीक्षापछि डब्लूएचओले फेरि यसको ट्रायल (परीक्षण) सुरू गर्न अनुमति दिएको हो । यो परीक्षण हाल यो औषधीको टयल परीक्षण ३५ देशमा कोरोना भाइरस संक्रमित बिरामीहरुमा भइरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो औषधि कोरोनाभाइरसको उपचारमा प्रयोग गर्न सकिनेमा बारम्बार जोड दिँदै आएका छन् । अमेरिकामा यो औषधि कोरोना संक्रमितको उपचार प्रयोग गरिएको छ । यसकाे भारतमा पनि प्रयाेग भइरहेकाे छ र त्यहाँ ठूला मात्रामा उत्पादन समेत हुन्छ ।

केही दिन अघि मात्रै डब्लुएचओको प्रतिबन्धका बीच अमेरिकाले ब्राजिललाई हाइड्रोक्सीक्लोरोक्वाइका २० लाख ट्याब्लेट उपलब्ध गराएको थियो । अहिले ब्राजिलमा कोरोना संक्रमितलाई यो औषधीको प्रयोग गरिएको छ । त्यस्तै टर्कीले पनि कोरोना संक्रमितको उपचारमा यो औषधिको प्रयोग गरिरहेको छ ।

LIVE TV