२२ जेष्ठ २०७७, बिहीबार

काठमाडौँ, २२ जेठ । भारतमा रहेका नेपालीहरुका लागि २० वटा नाका प्रवेश विन्दू खुला रहेकाे भारतस्थित नेपाली राजदूतावासले जनाएकाे छ ।

सकभर महामारीकाे याे स्थितिमा यात्रा नगर्न र सामाजिक दूरी कायम राखेर सचेतनापूर्वक बस्न सुझाव दिँदै दूतावासले यदि फर्कनै पर्ने अवस्था भएमा सावधानी अपनाउने सूचनामा उल्लेखित नाकाबाट प्रवेश गर्न अनुराेध गरेकाे छ ।

दूतावासले सीमा प्रवेश विन्दू पार गरेपछि ताेकिएकाे हाेल्डिङ सेन्टरमा रहेर निश्चित प्रक्रिया पूरा गरेपछि क्वारेन्टाइन बस्न समेत अनुराेध गरेकाे छ ।

हेर्नुहाेस् सूचना-

प्रतिक्रिया दिनुहोस्
LIVE TV