
एजेन्सी, २२ जेठ । इंग्लिस प्रिमियर लिग फुटबल क्लब टोटनह्यामका एक खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितको नाम नखुलाउने बताउदै टोटनह्यामले क्लवको एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । ती संक्रमित खेलाडीलाई हाल आइसोलेशनमा राखिएको क्लबले जनाएको छ ।
हालसम्म प्रिमियर लिग क्लबमा ५ चरण गरेर ५ हजार ७९ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा १३ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।
पछिल्लो ११ सयको गरिको परिक्षणमा टोटनह्यामका १ खेलाडीको मात्रै कोरोना पोजिटिभ रिपोर्ट आएको हो । प्रिमियर लिगका खेलहरु जुन १७ देखि पुन: संचालन हुँदैछन् ।
यसैको तयारी स्वरुप अहिले प्रिमियर लिगका सबै पदाधिकारीहरुको हप्तामा २ पटक कोरोना परिक्षण हुँदै आएको छ ।