२१ जेष्ठ २०७७, बुधबार
  • बसन्त लिम्बू,

ताप्लेजुङ, २१ जेठ । ताप्लेजुङमा सर्पले डस्दा एक वृद्धको ज्यान गएको छ । सुतिरहेको ठाउँमा सर्पले डस्दा फुङ्लिङ नगरपालिका–२ लहरेगाउँका ६८ वर्षीय प्रातलाल बम्जनको ज्यान गएको हो ।

मंगलबार बेलुका खाना खाएर सुतेपछि उनलाई ओछ्यानमै सर्पले डसेको थियो । छिमेकी नविन गुरागाईंका अनुसार सर्पले डसेपछि सानो कालो रंगको सर्पलाई बम्जन आफैले मारेका थिए ।

राति त्यत्तिकै सुतेका बम्जनको बुधबार बिहान पाँच बजे ज्यान गएको गुरागाईंले बताए । घटनाको स्थलगत अनुगमनपछि बृद्धको अन्त्येष्टी गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV