२१ जेष्ठ २०७७, बुधबार

काठमाडौं, २१ जेठ । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने गृहकार्य सुरू गरेसँगै प्रधानमन्त्रीले यसबारे परामर्श लिन थाल्नुभएकाे छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडल परिर्वतन गर्ने सन्दर्भमा मंगलबार सिंहदरबारमा निजी क्षेत्रका सबै पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिसंग छलफल गरेर सरकारलाइ सुझाव दिएकाे थियाे ।

यसैबारेमा सल्लाह लिनप्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सम्बन्धित क्षेत्रेका विज्ञहरूको समूहलाई बालुवाटारमै बोलाउनुभएकाे छ । प्रधानमन्त्री कार्यालय स्राेतका अनुसार स्वास्थ्य, अर्थ तथा सामाजिक क्षेत्रका २५ जना विज्ञहरूलाई छलफलमा बाेलाइएकाे छ ।

बालुवाटारमा अपराह्न ४ बजेका लागि छलफल कार्यक्रम तय गरिएकाे जानकारी दिइएकाे छ । लामाे समयकाे लकडाउनले जनजीवन प्रभावित भएकाे र अर्थतन्त्रका गतिविधि ठप्प भएकाेमा असन्ताेष बढ्दै गएपछि लकडाउनकाे माेडल परिवर्तन गर्नेबारे सरकारले तयारी थालेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV