२१ जेष्ठ २०७७, बुधबार

काठमाडौं, २१ जेठ । मंगलबार स्वास्थ्यकर्मी र विरामीमा कोरोना संक्रमण पुष्टि भएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालका सबै सेवा बन्द गरिएको छ । अस्पतालले बिज्ञप्ति जारी गर्दै आकस्मिक देखि ओपीडी सम्मका सबै सेवा बन्द गरेको जनाएको छ ।

अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी र २ जना विरामीमा मंगलबार कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।

अस्पतालले दिएको सुचनामा कोरोना संक्रमित रहेका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने कारणले सबै सेवा बन्द गर्नुपरेको बताइको छ । बिज्ञप्तिमा अर्को सुचाना जारी नभएसम्म अस्पतालका सबै सेवा बन्द हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV