
- कृष्ण पाण्डे
बुटवल, २१ जेठ । कोरोना उपचारमा एकजनाको मृत्यु भएपछि शिल भएको तिलोत्तमा- ५ मा रहेको क्रिमसन अस्पतालमा आजदेखि सम्पूर्ण सेवाहरु सञ्चालन हुने भएका छन् ।
एक सुचना प्रकाशित गरी जेठ ५ गतेदेखि बन्द भएको अस्पताल आजदेखि सुचारु हुने अस्पताल निर्देशक डा. शेखर प्रसाद पोख्रेलले बताए ।
‘यस अवधिमा बिरामीलगायत आम जनसमुदायमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै विषम परिस्थितिमा पनि धैर्यताका साथ सेवा दिनुहुने चिकित्सक लगायत सम्पूर्ण कर्मचारीहरु प्रति धन्यवाद दिँदै हामीलाई सहयोग गर्नुहुने सरकारी निकायहरु, संघसंस्था लगायत सबै प्रति हार्दिक आभार प्रकट गर्दछौं,’ अस्पतालका निर्देशक डा डा.शेखर प्रसाद पोख्रेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
डा पोखरेलले आगामी दिनमा पनि सबैको साथ र सहयोगको अपेक्षासहित अस्पतालले उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतासहित अस्पताल सुचारु हुन लागेको बताए।
अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले अस्पताल विगत १४ दिनदेखि बन्द भएको र आजबाट अस्पतालले दिने सेवा सबै सुचारु हुने बताए । गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु भएपछि अस्पताल शिल गरिएको थियो ।
