२० जेष्ठ २०७७, मंगलवार

एजेन्सी, २० जेठ । फेसबुकका कर्मचारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद पोस्ट नहटाउने कम्पनीको निर्णयमाथि कडा आलोचना गरेका छन् । राष्ट्रपति ट्रम्पले उक्त पोस्ट गत हप्ता गरेका थिए ।

ट्रम्पले पुलिस हिरासतमा जर्ज फ्लोयडको मृत्युलाई लिएर मिनियापोलिसमा प्रदर्शन भइरहेको बारेमा फेसबुकमा र ट्वीटरमा पनि पोस्ट गरेका छन् । ट्वीटरले ट्रम्पको यस ट्वीटमा चेतावनी जारी गरेको छ । ट्विटर ट्रम्पको ट्वीटलाई लिएर भनेको छ ‘यो ट्वीटले हिंसाको महिमा गाउँछ ’ । तर यता फेसबुकको राय भने अलग छ , उस्ले भनेको छ ‘ट्रम्पको पोष्टले कम्पनीको नीति उल्लंघन गर्दैन । ’

तर फेसबुकको यो नीतिलाई लिएर फेसबुकका केही कर्मचारीले भनेका छन् कि उनीहरू यसमा लज्जित बन्नु परेको छ । राष्ट्रपति ट्रम्पले हिंसा हटाउन राष्ट्रिय गार्ड खटाउने बताउनुका साथै चेतावनी पनि दिएका छन् । यस्तो पोस्टमा पनि फेसबुकका संस्थापक मार्क जुकरबर्गले ट्रम्पको पोष्टले हिंसा जगाउने र कम्पनीको नीति उल्लंघन नगरेको भन्दै पोष्ट नहटाउने संकेत दिएका छन् ।

जुकरबर्गका यस्ता निर्णयमाथि फेसबुक कार्यालयमा केही कर्मचारीहरूले बहिष्कार प्रदर्शन गरे भने केही कर्मचारीले विरोध जनाएका थिए । मार्क जुकरबर्गले लेखेका छन् ‘ हामीले यो लक्ष्मण रेखा कहाँ बनाउनु पर्छ भन्ने कुरामा मानिसहरू सहमत हुन वा असहमत हुन सक्छन् , तर म आशा गर्छु कि उनीहरूले हाम्रो दर्शन बुझ्नेछन् । यस विषयमा खुला छलफलको लागि छोड्नु राम्रो हो, विशेष गरी जब धेरै केही जोखिममा छन् । ’

शुक्रबार, डोनाल्ड ट्रम्प र मार्क जुकरबर्गबीच फोनमा कुरा समेत भएको थियो । त्यहाँ दुबै बीच के भयो बारेमा कुनै जानकारी छैन, तर एक्सिस समाचार वेबसाइटका अनुसार दुबैले छलफललाई सकारात्मक भएको बताएका छन । यता फेसबुकले जातिय भेदभावबाट हुने अन्याय अन्त्य गर्न चालिएको कदमलाई एक करोड डलर अनुदान दिने घोषणा गरेको छ।

फेसबुकले भनेको छ ‘हामी तपाईंको आवाज सुनिरहेका छौं, हामी तपाईंलाई अवलोकन गरिरहेका छौं र हामी तपाईंसँगै छौं । ’ ‘हामी जातिय भेदभावको बिरूद्ध छौं, हामी कालो समुदाय र जर्ज फ्लोयड, ब्रेनोना टेलर, अहमद अरबरी र अरुलाई न्यायको लागि यस संघर्षमा काम गर्ने सबैको साथ छौं ’ फेसबुकले भनेको छ । यद्यपि फेसबुकले घोषणा गरेको १ करोड डलर कसरी र कहाँ खर्च हुने हो भनेर अहिलेसम्म स्पष्ट छैन।

प्रतिक्रिया दिनुहोस्
LIVE TV