२० जेष्ठ २०७७, मंगलवार
  • रोशन दानी

काठमाडौ, २० जेठ । लकडाउनमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ९ भिआइपी जुवाडेहरुलाई प्रहरीले हाजिरी जमानीमा छोडेको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौले ५ दिन थप हिरासतामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएपनि प्रहरीले हाजिरी जमानीमा छोडेको हो ।

सोमबार राति काठमाडौंस्थित कमलादीको एक होटलबाट जुवा खेलिरहेको अवस्थामा ९ जना व्यापारीलाई महानगरीय प्रहरी वृत दरबारमार्गले पक्राउ गरेको थियो ।

कमलादीस्थित गङगोर रिजेन्सी बुटिक होटलबाट उनीहरूलाई दुई लाख ७७ हजार सात सय २० रूपैयाँ सहित पक्राउ गरिएको वृतका प्रमुख रञ्जन दाहालले न्यूज २४ लाई जानकारी दिए ।

पक्राउ पर्नेमा नन्द किशोर शर्मा, अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, बिमलकुमार खेतान, राम चन्द्र साङ्घाइ, पुरूषोत्तम अग्रवाल, विमल अहुजा र सुरेश अग्रवाल छन्।
त्यस्तै होटलका सञ्चालक भारतका मिक्की जोगाइ पनि पक्राउ परेका छन् ।

दाहालका अनुसार पक्राउ परेका जुवाडेको साथबाट १०००, ५०० र १००का १७९ वटा चिप्स पनि बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV