२० जेष्ठ २०७७, मंगलवार
  • माधब गैह्रे

स्याङजा, २० जेठ । स्याङजामा बनको क्षेत्र बढेसंगै बाघका डमरु घर नजिकै भेटिन थालेका छन् । खेति योग्य जमिन समेत बन क्षेत्रमा परिणत हुँदै घर नजिकै पुग्न थालेपछि बाघ र बाघका बच्चा डमरुहरु मानव वस्ती नजिकै देखिन थालेका हुन ।

डिभिजन बन कार्यालयले यो महिनामा मात्र ४ वटा डमरु बनमा छाडी सकेको छ । केहि दिन अगाडि वालिङ ८ भिमटारीमा कुकुरले धपाउदै ल्याएको डमरुलाइ स्थानीयवासीले उद्धार गरी डिभिजन बन कार्यलयमा बुझाएका डमरु आफै बाँच्न सक्ने देखिए पछि सोही ठाँउमा छाडेको डिभिजन बन कार्यलयका प्रमुख कोमल राज काफ्लेले बताउनुभयो । सोही ठाँउमा छाड्दा आमासंग पुर्नमिलन हुने र अन्य क्षति नहुने काफ्लेको विश्वास छ ।

यता वालिङ २ मा पनि मंगलबार (आज) फेला परेका दुइ डमरुलाई सोही जंगलमा छाडिएको छ । बस्ती बाट करिब १५० मिटर पर बाटोमाथि भेटिएका २ डमरुलाइ स्थानीयले उद्धार गरी डिभिजन बन कार्यलयमा खबर गरेपछि बन कार्यलयको टोली पुगी आजै छाडिएको हो ।

डिभिजन बन कार्यालय स्याङजाले यो भन्दा अगाडि वालिङ १ मा रहेको चरी बाघ उद्धार गरी पोखराको पचभैयाको चिडिया घरमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV