१९ जेष्ठ २०७७, सोमबार
  • तारा आचार्य,

विराटनगर, १९ जेठ । नेपाल मेडिकल कलेज जोरपाटीका इमरजेन्सी मेडिकल अफिसर डाक्टरलाई विरामीका आफन्तहरुले कुटपिट गरेको विरोधमा विराटनगर स्थित कोभिड अस्पतालमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीहरुले सांकेतिक विरोध गरे्का छन् ।

उनीहरुले उपचारमा खटिएका डाक्टरलाई हातपात गर्नेहरुलाई कानूनी कारवाही हुनुपर्ने माग राखेर विरोध गरेका हुन । कोभिड अस्पतालमा कार्यरत उनीहरुले आफु बस्ने क्वारेन्टाइनबाटै विरोध गरेका हुन् ।

उनीहरुले ‘हामीलाई न्याय चाहियो, दोषीलाई कानूनी कारवाही हुनुपर्छ, हामीलाई भाइरससंग होइन मान्छेसंग डर लाग्छ, हामीलाई न्याय चाहियो’ जस्ता विभिन्न नारा लेखेका प्लेकार्ड बोकेर विरोध जनाएका छन् ।

डाक्टरहरुले स्वास्थ्य उपचारमा खटेको डाक्टर माथि विरामीका आफन्तलेनै हातपात गर्न थाले पछि आफूहरु असुरक्षित रहेको भन्दै विरोध जनाएका हुन् ।

कोभिड अस्पतालमा खटिएका स्वास्थ्यकर्मीहरुले दिनरात विरामीको उपचारमा खटिने डाक्टर माथिको हातपातको सीसीटिभी फुटेजसमेत लुकाएको हुनाले दोषीमाथि छानविन गरी कानूनी सजाय हुनपर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV