१९ जेष्ठ २०७७, सोमबार
  • कृष्ण खनाल/भगतराम थारु,

नेपालगञ्ज, १९ जेठ । नेपाल भारत सीमानाका नेपालगञ्जको जमुनाहा भन्सार नाका हुँदै दैनिक नेपाली नागरिक आउँने र भारतीय नागरिक जाने क्रम बढ्दो छ ।

भारतका विभिन्न शहरमा काम गर्न गएका नेपाली नागरिक र नेपालका विभिन्न स्थानमा काम गर्न आएका भारतीय नागरिक दैनिक रुपमा आफ्नो देश भित्रिने र बाहिरिने गरेका छन् ।

दैनिक २ हजारको हाराहारीमा नेपालीहरु नेपाल भित्रिने नाकामा अवस्थित प्रहरीले जनाएको छ । यस्तै भारतीय नागरिक पनि यही हाराहारीमा जाने गरेको प्रहरीको भनाइ छ ।

भारतमा विभिन्न पेशा, ब्यवसाय गरेर अस्थायी रुपमा बसोबास गरेका नेपालीहरु दिनहुँ जसो घर फर्किरहेका छन् । देशका विभिन्न सीमा नाकामा झै बाँकेको नेपालगञ्ज भन्सार जमुनाहा सीमानाका भएर घर फर्किने नेपालीको संख्या दैनिक रुपमा बढिरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो एक साता भि २७ हजार बढी नेपाली नागरिक नेपालगञ्ज भन्सार नाकाबाट नेपाल भित्रिएका छन् । यस्तै भारतीय नागरिक नेपालका विभिन्न शहरमा काम गर्न आउनेहरु पनि आफ्नो देश जाने क्रम बढिरहेको छ ।

नेपालमा इट्टा भटटा, उद्योग, कलकारखाना, व्यवसाय गर्दै आएका भारतीय नागरिक पनि फर्किने क्रम तीव्र रहेको छ । भारतका विभिन्न ठाउँबाट घर फर्किएका नेपालीहरुलाई आ–आफनो स्थानीय तह, सरोकारवाला निकायले समन्वय गरी गाडीमा लगिरहेका छन् ।

तर ब्यवस्थापनको कार्यभने निकै चुनौतीपूर्ण देखिन्छ । यसैगरी एक साता भित्र १३ हजार बढी भारतीय नागरिकहरु यही नेपालगञ्ज जमुनाह सिमानाका भएर स्वदेश फर्केका छन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV