भारतले हडपेको जमिन फिर्ता हुनुपर्छ : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई



प्रकाशित मिति : Jun 01, 2020

काठमाडौं, १९ जेठ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अमेरिकी सहयोग मिलेलिनयम च्यालेन्ज कर्पोरेसन एमसीसीको बिषयमा राष्ट्रिय सहमतिबाट अघि बढ्नु पर्ने सुझाव दिनु भएको छ ।

उहाँले नेपालले भारत,चीन र अमेरिकासंगको सम्बन्धलाई सन्तुलित तरिकाबाट कायम राख्न सक्नु पर्ने बिचार पनि व्यक्त गर्नुभयो ।

पूर्व प्रधानमन्त्री भट्टराईले भारत,चीन र अमेरिकासंग सन्तुलित सम्बन्ध राख्न सक्दा मात्र नेपालको राष्ट्रिय हित हुने बताउनु भयो । उहाँले एमसीसीको बिषयमा कुन कुन बिषयमा परिमार्जन वा सुधार गर्न सकिन्छ, त्यसमा करेक्सन गरेर राष्ट्रको हितमा ध्यान दिएर मात्र जानु पर्ने बताउनु भयो ।

न्यूज २४ टेलिभिजनको २४ टकमा कुराकानी गर्दै भट्टराईले भारतसंगको सीमा बिवादमा पनि सवै दलहरु बीचको साझा सहमतिबाट निकास खोज्नु पर्ने बताउनु भयो । सीमा बिवादको बिषयमा पनि राष्ट्रिय सहमति गरौ र सवैको साझा दृष्टिकोण बनाउन सक्नु पर्छ, भट्टराईले भन्नु भयो ।

डाक्टर भट्टराईसंगको कुराकानी विस्तृतमा भिडियोमा


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com