१९ जेष्ठ २०७७, सोमबार

काठमाडौं, १९ जेठ । नेपाल विज्ञापन संघले आम नागरिकको स्वास्थ्य एवं जन जीविकालाई पुर्नविचार गर्दै लकडाउनको तरिकालाई विश्लेशन गरी समाधानको उपाय खोज्न आग्रह गरेको छ ।

सोमबार नेपाल विज्ञापन संघ (आन)का अध्यक्ष रविन्द्र कुमार रिजाल ‘शशि’ले प्रेस विज्ञप्ती जारी गर्दै लकडाउनका कारण आम सर्वसाधारण जनता एवं उद्योग, व्यवसाय, कल कारखाना, सेवा उद्योग, आमसञ्चार क्षेत्रमा पर्न जाने असरलाई मध्यनजर गरी विस्तारै सुरक्षित तवरबाट जन–जीवनलाई सहज हुने गरी केही खुकुलो पार्न आग्रह गरेका हुन् ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘उद्योग, व्यवसाय, कल कारखाना, सेवा उद्योग, आमसञ्चार क्षेत्रलाई निरन्तर वन्द गरिरहदा आम जनसमुदाय, उपभोक्ता, कामदार, मजदुर, व्यवसायी, पेशाकर्मी सञ्चालक, उद्योगीलाई आर्थिक रुपमा क्षतिका अलावा अर्बौंको लगानी समेत डुव्ने यर्थाथतालाई समेत सोचेर राज्यले एक अभिभावकको भूमिका निर्वाह गर्दै रोगको माहामारी नियन्त्रण एवं व्यवसायको सञ्चालन दुवै पक्षलाई संगसंगै अगाडि बढाउन सरोकारवालापक्ष तथा विशेषज्ञ समेतको परामर्श गरी मध्यम मार्ग प्रसस्त गर्न अपरिहार्य देखिन्छ ।’

त्यस्तै, अहिलेको समयमा आम सर्वसाधारणको बचाउ गर्न र अर्कोतर्फ आर्थिक कृयाकलापको सूचारु गर्नका लागि उद्योग व्यवसायीले सुरक्षित तवरबाट व्यवसायको क्रमिक सञ्चालन गर्ने र सरकारबाट पनि त्यसको उचित वातावरण बनाउन सुरक्षाकर्मीको परिचालन र अधिक भन्दा अधिक संक्रमित व्यक्तिहरुको जाँच परीक्षण गर्न जरुरी रहेको जारी विज्ञप्तीमा उल्लेख गरिएका् छ ।

यस कार्यमा सर्वसाधारण र उद्योगी व्यवसायीको सहकार्य जरुरी रहेको उल्लेख गरिएको छ । साथै नेपाल सरकारले जारी गरेको कोरोना भाइसरबाट बच्ने उपायहरुको पूर्णपालना गर्दै स्वास्थ्य सम्बन्धी जानकारीलाई सिरोपर गर्ने शर्तमा व्यवसाय तथा उद्योगहरु यथाशक्य सञ्चालनमा ल्याउनका लागि आनले अपील गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV