१९ जेष्ठ २०७७, सोमबार

एजेन्सी, १९ जेठ । आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले आफू र आफ्नो परिवार कोरोना भाइरसबाट संक्रमित भएको बताएका छन् ।

प्रधानमन्त्री पाशिन्यानले फेसबुक लाइभमार्फत उक्त सूचना सार्वजनिक गरेका हुन् । उनले भनेका छन्, ‘अहिलेसम्म कुनै पनि लक्षण छैन तर मैले आराम गर्ने निर्णय गरेँ । ’

निकोलले आफ्नो सम्पूर्ण परिवारको परीक्षामा कोरोना पोजिटिभ पाइएको पनि बताएका छन् ।

आर्मेनियामा अहिलेसम्म ९ हजार भन्दा बढी कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने १ सय ३१ मनिसहरुले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV