१९ जेष्ठ २०७७, सोमबार
  • हरिशंकर शर्मा,

वीरगञ्ज, १९ जेठ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोग नभई देवता भएको भन्दै वीरगञ्जका विभिन्न स्थानमा पूजाआजा गर्न थालिएको छ ।

पर्सा जिल्लाको विभिन्न स्थानमा महिलाहरुले गाईलाई कोरोनामाई भनेर पूजा गर्न थालेका हुन् । खुल्ला चौरमा गाईलाई फूल, प्रसाद दिएर तथा अगरबत्तिले पूजा गरिएको छ । एका विहानै महिलाहरु चौरमा पुगेर गाईलाई कोरोनामाई मान्दै पूजाआजा गर्न थालेका हुन् ।

घाँस काट्ने क्रममा दुई जना महिलाले चरणमा रहेका गाईलाई अचानक महिलामा परिवर्तन भएर आफू कोरोना माई भएको र कोरोना नियन्त्रणका लागि आफूलाई पूजा गर्न भनेपछि पूजा गर्न थालिएको वीरगञ्ज अशोकवाटिका निवारी मिरा देवीले बताइन् ।

उनका अनुसार वर्तमान अवस्थामा कोरोना महामारीलाई नियन्त्रण गर्न पूजा गर्नुपर्ने पनि उनको भनाइ छ । गाईबाट महिलाको रुप धारण गरेकी कोरोना माईको भनाइ अनुसार ९ वटा मिठाई, ९ वटा अगरबत्ति तथा ९ वटा फूल चढाई पूज गरिएको उनको भनाइ छ ।

यो हल्ला अहिले पर्सा जिल्लामा मात्र नभई तराईका विभिन्न जिल्लाहरुमा फैलिएको र गाईलाई मिठाई, अगरबत्ति तथा फूलले पुजा गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV