१९ जेष्ठ २०७७, सोमबार

एजेन्सी, १९ जेठ । ह्वाइटहाउस अगाडि प्रदर्शनकारीहरु उग्ररुपमा प्रस्तुत भएपछि राष्ट्रपति ट्रम्पलाई केहीबेर अन्डरग्राउन्ड बंकरमा लगिएको खुलासा भएको छ ।

अश्वेत जर्ज फ्लोइडको मारिएपछि यसको बिरुद्धमाविरोध प्रदर्शन भइरहेकाे छ । शुक्रबार ह्वाइटहाउस अगाडी अत्यान्तै ठूलो समूहमा प्रदर्शन गर्दै आएपछि सुरक्षा सतर्कता अपनाउदै राष्ट्रपति ट्रम्पलाई अन्डरग्राउन्ड बंकरमा लगिएको न्यूयोर्क टाइम्स उल्लेख गरेको छ ।

अहिले राजधानी वासिङ्टन डिसीसहित ४० शहरमा कर्फ्यू छ । आइतबार राती पनि ह्वाइटहाउस अगाडि सयौंका संख्यामा प्रहदर्शनकारीहरु भेला भएका थिए ।

प्रदर्शनकारीहरुलाई केही मथ्थर बनाउन प्रहरीले गर्नेलाई अश्रु ग्यास प्रहार गरेको थियो । वासिङ्टन सहित १५ शहरमा करिब ५ हजार नेशनल गार्ड तैनाथ गरिएको र आवश्यक परे अझै थप २ हजार तयारी अवस्थामा राखिएका छन् ।

अन्डरग्राउन्ड बंकरमा लैजान सिक्रेट सर्भिस र युनाइटेड स्टेट्स पार्क पुलिसले अत्यधिक मिहनेत गरेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । ह्वाइट हाउस बाहिर यति ठूलो संख्यामा प्रदर्शनकारी जुटेको देख्दा ट्रम्प समेत चकित परेका थिए । सुरक्षालाई मध्यनजर गर्दै ट्रम्पलाई एक घण्टाभन्दा कम समयका लागि बंकर लगिएको बताइएको छ ।

LIVE TV