१९ जेष्ठ २०७७, सोमबार

उदयपुर, १९ जेठ । उदयपुर-२ का संघीय सांसद तथा नेकापा १ नम्बर प्रदेश सचीव सुरेशकुमार राई (हिमाल )ले उदयपुर जिल्लाका आठै वटा स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।

सांसद राईले संचारकर्मी, स्वास्थकर्मी र सुरक्षाकर्मीहरुका लागि पिपिइ सेट, मास्कलगायतकाे स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएकाे हाे । स्वास्थ्य सामाग्री हस्तान्तरण आगामि दिनमा थप स्वास्थ सामाग्री लिएर फेरि पालिका-पालिका आउने प्रतिबद्धता गर्नुभयाे ।

सांसद राईले कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, उदयपुरगढी गाउँपालिकाकी उपाध्यक्ष सानुकुमारी राउत, रौतामाइ गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्का, त्रीयुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी, चौदन्ढीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईलाई र बेलका नगरपालिका प्रमुख दुर्गा थापा स्वस्तिकलाई स्वास्थ सामाग्री हस्तान्तरण गर्नुभएकाे हाे ।

लिम्चुङबुङ्ग गाउँपालिकाकाको स्वास्थ सामाग्री भने पालिका अध्यक्ष मेजर कुमार राइले बुज्ने गरि जिल्ला प्रशासन कार्यलयमा छोडिएको छ ।

त्यस्तै संचारकर्मीहरुको लागि भने नेपाल पत्रकार माहासंघ उदयपुर शाखा अध्यक्ष भरत खड्कालाई हस्तान्तरण गरिएको छ । स्वास्थकर्मीहरुको लागि उदयपुर जिल्ला समन्वय प्रमुख खड्ग परियार र सुरक्षाकर्मीहरुको लागि प्रमुख जिल्ला अधिकारीलाई स्वास्थ सामाग्री हस्तान्तरण गरिएकाे छ ।

उत्त हस्तान्तरण कार्यक्रममा नेकपा १ नम्बर प्रदेश सह इन्चार्ज सावित्री काप्ले, नेकपा प्रदेश सदस्यहरु केपि बराल , राजन किराँती, निरज पौडेल र नेकपा उदयपुरका अध्यक्ष बिनोद कटवाल, दिवस जिल्ला सचिव इस्वरमणी राउत लगायतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV