१८ जेष्ठ २०७७, आईतवार

एजेन्सी, १८ जेठ । इंग्ल्यान्डको दोस्रो डिभिजन लिग च्याम्पियनशीपका खेलाडी र स्टाफ गरी १० जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।

च्याम्पियनशीपका २४ क्लब मध्ये ८ क्लबका १० खेलाडी र स्टाफमा कोरोना देखिएको हो ।

कुल १ हजार ५८ जनामा बिहीबार र शुक्रबार गरिएको परीक्षणमा १० जनामा कोरोना देखिएको इंग्लिस फुटबल लिगले जनाएको छ ।

क्लब र कोरोना पोजिटिभ देखिएकाको नाम भने गोप्य राखिएको छ । प्रिमियर लिगका खेलाडीमा भने कोरोना नदेखिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV