१८ जेष्ठ २०७७, आईतवार

एजेन्सी, १८ जेठ । भारतको उत्तराखण्ड सरकारका मन्त्री सतपाल महाराजकी पत्नी कोरोना भाइरसबाट संकंमित भएकी छिन् ।

त्यसपछि मुख्यमन्त्री सतपाल पनि क्वारेटाइनमा बस्नु परेको जनाइएको छ । समाचार एजेन्सी एएनआईका अनुसार उनको निवासमा रहेका ४१ जना अन्य मानिसहरुलाई पनि क्वारेन्टाइनमा राखेर नमूना टेस्ट गरिरहेको छ ।

देहरादुनका जिल्ला अधिकारी आशीष श्रीवास्तवले एएनआइलाई बताए अनुसार अमृता रावतको रिपोर्ट आएको छ जसमा कोरोना पोजिटिभ देखिएको छ। उनलाई ऋषिकेषमा एम्स अस्पतालमा भर्ना गरिएको छ ।

उत्तराखण्डका क्याविनेट मन्त्री र उनका कर्मचारीहरुलाई पनि क्वारेनटाइनमा राखिएको छ । सतपाल महाराज शुक्रबारको एक क्याविनेट बैठकमा सहभागी भएका थिए । जसमा मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV