१८ जेष्ठ २०७७, आईतवार
  • आशिष केसी,

सल्यान, १८ जेठ । सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाका कोरोना संक्रमित २५ जनामध्ये १२ जनालाई जिल्ला अस्पताल, सल्यानमा ल्याइएको छ, भने बाँकी १३ जनालाई सुर्खेत पठाइएको छ ।

संक्रमितमध्ये १२ जनालाई जिल्ला अस्पताल सल्यानमा निर्माण गरिएको आसोलेसनमा राखेर उपचार सुरु गरिएको हो । त्यस्तै, बाँकी १३ जनालाई उपचारका लागि कोरोना बिशेष अस्पताल, सुर्खेत कालागाँउमा पठाइएको छ ।

बन्गाड कुपिण्डे नगरपालिकाका १८ वटा विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा १ हजार २ सय १ लाई राखिएको छ । जहाँ, १ सय ३० जना महिला र १ हजार ७१ जना पुरुषहरु रहेका छन् ।

उनीहरु सबै जना भारतका विभिन्न प्रदेशबाट आएका नगरप्रमुख गोबिन्द कुमार पुनले जानकारी दिए । केही दिन अगाडि मात्रै बन्गाड क्याम्पस बन्गाड र प्रभाकर माध्यामिक विद्यालय देवस्थलमा बसेका ३ सय ९३ जनाको स्वाव संकलन गरेर पीसीआर परीक्षणका लागि सुर्खेत पठाइएको थियो ।

उनीहरुमध्ये ८० जनाको रिपोर्ट आइसकेको छ, भने बाँकी २ सय १३ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । उनीहरु सामुहिक क्वारेन्टाइनमा बसेका हुनाले संक्रमितहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

यता नगरपालिकामा बिरामी बोक्ने एम्बुलेन्स नहुदा छत्रेश्वरी गाउँपालिकाले आफ्नो गाउँपालिकाको एम्बुलेन्स पठाएर संक्रमितहरुलाई अस्पताल पु¥याउन सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV