१८ जेष्ठ २०७७, आईतवार
  • तारा आचार्य,

बिराटनगर, १८ जेठ । मोरङ र झापामा आइतबार थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । झापा गौरिगञ्जका ४ जना र बिराटनगरका वडा नं १२ का १ जनामा कोरोना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालय श्रोतले जनाएको छ ।

उनीहरुको बिराटनगर स्थित कोशी अस्पतालको ल्याबमा स्वाब परीक्षण गरिएको थियो । यो संगै प्रदेश नं १ मा संक्रमितको संख्या १ सय ६५ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार बिराटनगर कोभिड अस्पतालमा ३६ जनाको उपचार भइरहेको छ भने धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९४ जनाको उपचार भइरहेको छ ।

त्यसै गरी बिराटनगर स्थित कोभिड अस्पतालबाट ३० जना निको भएर गएका छन् । दिनहुँ कोरोना संक्रमित बड्न थालेपछि प्रदेश सरकारले थप कोरोना उपचार अस्पतालको बिस्तार गर्न थालेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV