१८ जेष्ठ २०७७, आईतवार

काठमाडौं, १८ जेठ । सत्तारुढ नेकपाका सांसद विष्णुप्रसाद पौडेल कोरोना भाइरस संक्रमणलाई सामना गर्ने, आर्थिक पुनःरुत्थना गर्ने, निर्वाचनको सयममा जनतासमक्ष गरिएको प्रतिबद्धता ९नेपाल कम्युनिष्ट पार्टीको घोषणा–पत्र’को अनुशरण गर्ने बजेट प्रस्तुत भएको बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७/७८ को बजेटमाथिको छलफलमा भाग लिँदै सांसद पौडेलले सबैलाई समेट्ने बजेट प्रस्तुत भएको बताउनुभएको हो । श्रोत व्यवस्थापन र विनियोजन कुशलताको दृष्टिकोणले पनि २०७७/७८ को बजेट यथार्थपरक भएको सांसद पौडेलको भनाइ छ ।

उहाँले भन्नुयो, ‘यसले अधिकतम प्रतिफल दिन्छ भन्ने मेरो ठम्याइ छ । त्यसैले यस बजेटप्रति मेरो दृढ समर्थन छ । र, यो बजेट र यसको प्रभावकारी कार्यान्वयनबाट आजको चुनौतीहरुको सामना गर्न र हामीले संविधानमार्फत देखिएको समाजवादको सुन्दर भविष्यहरुलाई अगाडि बढाउन सक्षम हुनेछौं, भन्ने मेरो विश्वास छ ।’

उहाँले थप्नुभयो, ‘बजेटको साइजको सन्दर्भमा पनि चर्चाहरु हुने गरेका छन् । म के आग्रह गर्न चाहन्छु भने १४ खर्ब, ७४ अर्ब र ६४ करोडको यो बजेट गत वर्षको तुलनामा ४ प्रतिशतले कम छ । अर्थात् यसले आजको यथार्थतालाई स्वीकारेको छ । जीटीवीको तुलनामा यो बजेटले ३३ प्रतिशतको आकारलाई प्रतिनिधित्व गर्दछ । त्यस हिसाबले हेर्दा गत वर्षको तुलनामा यो ५ प्रतिशतले कम छ ।’

यसै क्रममा उहाँले राजश्वको दृष्टिकोणले ८ खर्ब, ९ अर्ब, ६२ करोडको यो साइज गत वर्षको तुलनामा ९।३ प्रतिशतले कम भएको बताउनुभयो । त्यस्तै हाउँलै सबै हिसाबले हेर्दा उक्त बजेटले भू–धरातलीयलाई देख्दै, विश्लेशन गर्दै ठीक ढंगले आर्थिक वर्ष २०७७÷७ को बजेट आएको विष्लेषन गर्नुभयो ।

उहाँले फेरि भन्नुभयो, ‘यति हुँदा हुँदै पनि यस बजेटले के कुरामा महत्व दिएको छ भने हाम्रो श्रोत ९वैदेशिक सहयोग, ऋणलगायतका विभिन्न विधाहरुमा पनि हामी आधारित हुन्छौं । र, मुख्य रुपमा यो बजेटले आन्तरिक राजश्वलाई आफ्नो मुख्य श्रोतलाई आधार मानेको छ ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV