१८ जेष्ठ २०७७, आईतवार

काठमाडौं, १८ जेठ । नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्रकुमार पाण्डेले सरकारलाई ऋण लिएर घ्यु खानुपर्ने अवस्था आउन नदिन आग्रह गर्नुभएकाे छ ।

प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७/७८ को बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले उक्त आग्रह गर्नुभएकाे हाे । उहाँले सरकारले लक्ष्य धेरै लिएको तर कोरोना महामारीका कारण यसमा भएका लक्ष्य पूरा हुन चुनौती रहेको पनि बताउनुभयाे ।

उहाँले रेमिट्यान्सदेखि उत्पादनसम्म सबै कार्य ठप्प भएकाले सरकार होसियार नभएमा कर्मचारीलाई तलब खुवाउनकै लागि वैदेशिक ऋण लिनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिनुभयाे ।

उहाँले वैदेशिक ऋण लिने कुरा पनि चुनौती भएकाे बताउनुभयाे । ‘लकडाउनका कारण आर्थिक बुद्धि पुर्‍याउने काम चुनौती हो । वैदेशिक ऋण लिने कुरा पनि चुनौती छ। सरकारले अघि सारेका योजना कार्यान्वयनमा ध्यान दिए मात्र सम्भव छ। सबै मन्त्रालय एक भएर काम गरेमा मात्र सम्भव छ। भनेकै लक्ष्य नपुग्ला तर केही आशा भने पक्कै सिर्जना गर्ने छ’, उहाँले भन्नुभयाे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV