१८ जेष्ठ २०७७, आईतवार

काठमाडाैँ, १८ जेठ । प्रतिनिधि सभाको बैठकमा संविधान संशोधन प्रस्ताव पेश भएको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्वाहाङफेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई प्रतिनिधि सभा बैठकमा पेश गर्नु भएको हो ।

This image has an empty alt attribute; its file name is sansad-tumbahangfe-768x351.jpg

संविधानको अनुसूची ३ संशोधन गर्न बनेको विधेयक संसदमा पेश भएपछि अब यस्लाई पारित गर्न संसदको दुई तिहाई बहुमत आवश्यक पर्छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पनि संविधान संशोधनको पक्षमा आफुलाई उभ्याएकोले विधेयक सहजै पारित हुने अवस्था छ ।

यसैगरी अर्थमन्त्री डा युवराज खतिवडाले आ.व. २०७७/०७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पनि प्रतिनिधिसभामा पेश गर्नुभएको छ । अर्थमन्त्री खतिवडाले प्रस्ताव पेश गरेपछि अहिले प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरू भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV