१८ जेष्ठ २०७७, आईतवार
  • यमराज कटुवाल

दैलेख, १८ जेठ । दैलेखको भैरवि गाँउपालिकामा आरडीटी जाँचमा पोजिटिभ देखिएका ४ जनालाई स्थानीय छोडेको गोठमा राखिएको छ । शनिबार जिल्लाबाट आएको प्रयोगशालाको टोलीले ४८५ जनाको आरडीटी जाँच गर्दा ४ जनामा आरडीटी पोजिटिभ देखिएको भैरवि गाँउपालिकाका जनस्वास्थ्य अधिकारी शम्सेर बिष्टले बताउनुभयो ।

आरडीटी पोजिटिभ देखिएपछि सबैले उनिहरुलाई त्यतिकै छौडेर सबै गएपछि स्थानीयले छोडेको गोठमा पशु झै राखिएको एक स्थानीयले जानकारी दिएका छन् ।

भारतको गुजरातबाट ८ दिनअघि आएका उनिहरु स्थानीय देउती आधारभूत विद्यालयमा बनाइएको क्वारेनटाईनमा बस्दै आएका थिए । शनिबार आरडीटी जाँचमा चारजनामा कोराेना पोजिटिभ देखिएको थियो ।

पोजिटिभ देखिएकाहरुलाई अन्य क्वारेन्टानमा रहेकाहरुले बस्न दिन नमानेपछि स्थानीयको हिजो देखि स्थानीयको गोठमा रखिएको र स्वास्थ्य सुरक्षा लगायतको व्यवस्था नगरी पशु जस्तै गरि भैरवि गाँउपालिका वडा न ३ मा स्थनीयले छोडेको गोठमा राखिएकोले स्थानीय सरकारले तत्काल उनिहरुको पीसीआर जाँच गरी आइसोलेशनमा राखि जाँच गर्नुपर्ने स्थानीयले बताए ।

‘विद्यालय छन्, स्वास्थ्य चौकी छन् यसरी गोठमा राखिनु अमानवीय व्यवहार भइरहेकाे छ, यस बिषयमा गाँउपालिकाका अध्यक्ष प्रेम बुढासँग सम्पर्क गर्दा फोन उठेन’ – स्थानीयले भने ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV