१८ जेष्ठ २०७७, आईतवार
  • बसन्त लिम्बू

ताप्लेजुङ, जेठ १८ । ताप्लेजुङमा आरडिटि पोजेटिभ देखिएका एक वृद्धसहित ६२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्ला अस्पतालमा उपचारका क्रममा आएका मैवाखोला गाउँपालिका २ का ६७ वर्षिय वृद्धको विहिबार आरडिटि रिपोर्ट पोजेटिभ देखिएपछि पिसिआर प्रविधिबाट कोरोना भाइसर परिक्षणका लागि उनकाे स्वाब विराटनगर पठाइएको थियो ।

हालसम्म ६२ जनाको स्वाब पिसिआर प्रविधिबाट परिक्षणका लागि पठाइएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल ताप्लेजुङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सोनिङ लामाले जानकारी दिनुभयाे ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले समेत सबैको रिपोर्ट नेगेटिभ आएको जनाउँदै हल्लाको पछि नलाग्न र सुरक्षित तवरले बस्न लामाले आग्रह गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV