१८ जेष्ठ २०७७, आईतवार
  • उत्तर बिष्ट

डडेल्धुरा, १८ जेठ । डडेल्धुरामा क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका ३ का साढे ६ वर्षीय बालक रहेका छन् ।

शनिबार राति १२ बजेपछि जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालक मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयाे ।

उहाँका अनुसार आमाबाबुसँगै उनी भारतको मुम्बइबाट शनिबार राति मात्रै डडेल्धुरा पुगेका थिए।
‘उहाँहरू राति आउनुभएको हो । बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।’ डीएसपी न्यौपानेले भन्नुभयाे,’हामीकहाँ फोन आयो । बालक गम्भीर बिरामी छ भनेर । यताबाट गाडि पठाएर अस्पताल पुर्‍याएका थियौं।’

डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले बालकको अस्पताल पुर्‍याउनुभन्दा अघि नै मृत्यु भएको पुष्टि गर्नुभयाे । उहाँका अनुसार ती बालकलाई बिहान ३ बजे अस्पताल पुर्‍याइएको थियो । ‘बिहान अस्पताल ल्याउनु भएको थियो । ती बालक अस्पताल पुग्नु अगाडि नै मृत्यु भइसकेको थियो। यहाँ पुर्‍याउँदासम्म सास पनि थिएन।’ उहाँले भन्नुभयाे ।


ती बालक मलेरिया रोगबाट ग्रसित रहेको बुझिएको उहाँले बताउनुभयाे । यसअघि उनी मुम्बईस्थित एक अस्पतालमा उपचाररत थिए । नको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ । उनको आइतबार नै कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने निमित्त मेसु विष्ट जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV