१७ जेष्ठ २०७७, शनिबार

एजेन्सी, १७ जेठ । रोजर फेडेरर विश्व चर्चित टेनिस खेलाडी रोजर फेडेरर विश्वकै सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् । फोब्सले निकालेको सूचीमा फुटबलका लियोनल मेस्सीलाई पछि पार्दै टेनिसका फेडेरर पहिलो पटक बर्षको सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् ।

अहिले विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण फुटबल स्टार मेस्सी र रोनाल्डोको आम्दानीमा हस आएको छ । त्यसैले टेनिस खेलाडी फेडेरर पहिलो पटक सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् ।

फोब्सको नम्बर एक सूचीमा अटाएका ३८ बर्षका फेडेररले पछिल्लो बर्ष ८६ दशमलव २ मिलियन डलर आम्दानी गर्दै आएका छन् । उनले विभिन्न प्रायोजकबाट ८१ मिलियन पाउण्ड प्राप्त गरेका छन् ।

त्यस्तै क्रिस्टियानो रोनाल्डोले ८५ मिलियन, लियोनल मेस्सीले ८४ मिलियन, नेयमारले ७७ दशमलव ५ मिलियन र अमेरिकन बास्केटबल खेलाडी लिबर्न जेम्सले ७१ दशमलव ५ मिलियन पाउण्ड आम्दानी गर्दै शीर्ष ५ खेलाडीको सुचिमा रहेका छन् ।

यता, महिला तर्फ भने जापानी खेलाडी नाओमी ओसाका सर्वाधिक आम्दानी गर्ने महिला खेलाडी बनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV