
- उत्तम पौडेल
पोखरा , १७ जेठ । पूर्व युवराज पारस शाहले रुकुम घटनामा ज्यान गुमाउनेहरुको आत्माको शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्नुभएको छ ।

पोखराको लेकसाईड खहरेमा दीप प्रज्वलन गर्दै पूर्व युवराज शाहले जातिय विभेदको अन्त्यको कामना पनि गर्नुभएको छ ।
लामो समयदेखि पोखरा बस्दै आउनु भएका शाह अहिले लकडाउनले प्रभाव परेका असहाय र गरीब परिवारलाई खाद्यान्न सहयोग समेत गर्दै आउनु भएको छ ।