१७ जेष्ठ २०७७, शनिबार

एजेन्सी, १७ जेठ । पाकिस्तानमा कोरोना भाइरस संक्रमणको कुल संख्या ६७ हजार ६ सय ५१ पुगेको छ । त्यस्तै अहिलेसम्म एक हजार चार सय ३३ जनाले ज्यान ज्यान गुमाएका छन् ।

पकिस्तानको पञ्जाप प्रान्तमा नयाँ कोरोना संक्रमित एक हजार एक सय ४० देखिएको जनाइएको छ । अहिलेसम्म पञ्जावमा २४ हजार एक सय ४ जना संक्रमित देखिएको तथ्यांक बाहिर आएको छ । पञ्जाबको प्राइमरी एन्ड सेकेन्डरी हेल्थ केयरका अनुसार गएको २४ घण्टामा २९ जनाको कोरोनाबाट ज्यान गएको छ । यो संगै पञ्जाब प्रान्तमा ४ सय २८ जनाको ज्यान गएको छ ।

हालसम्म पञ्जाबमा २२ लाख ८ हजार ५ सय ४१ जनाको परीक्षण भइसकेको जनाइएको छ । त्यस्तै ६ हजार ५ सय ७ जना निको भइसकेको बताइएको छ । उही समयमा कराचीको एनआईडी युनिभर्सिटीको ईन्जिनियरि विभागले भेन्टिलेटरको नयाँ मोडल तयार गरेको छ। प्रारम्भिक अनुसन्धान पछि, यो मोडेल अब क्लिनिकल परीक्षण अन्तर्गत छ।

यसैबीच, पंजाब स्वास्थ्य मन्त्री डा. यास्मीन रशीद भन्छिन्, “कि मानिसहरूले कोरोना भाइरस छ भनेर महसुस गर्नुर्पछ र अब हामी यसमा बाचिरहेका छौँ ।” पत्रकारसँग कुरा गर्दै उनले थपे, “पंजाब प्रान्तमा संक्रमित कोरोनाको संख्या दिन बित्दै जाँदा बढ्दै गइरहेको छ । ”

यस बाहेक, खैबर पख्तूनख्वामा संक्रमण हुने ९ हजार ६७ कोरोनाको बिरामीहरू रहेको जनाइएको छ । भने ब्लुचिस्तानमा ४ हजार भन्दा बढी बिरामीहरू रहेको तथ्यांक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV