१७ जेष्ठ २०७७, शनिबार

अमेरिका, १७ जेठ । मानिसहरूले अमेरिकाको मिनियापोलिस शहरलगायत धेरै ठाउँमा सडकमा आक्रोश प्रदर्शन गरिरहेका छन् ।

एक गोरा पुलिस अधिकारीले जर्ज फ्लोयड नाम गरेको निहत्था कालो मानिसको घाँटी घुँडाले थिचेपछि ज्यान गएको एक भिडियो सार्वजनिक भएपछि अमेरिकामा प्रदर्शन सुरु भएको हो ।

एक गोरा पुलिस अधिकारीले जर्ज फ्लोयड नाम गरेको निहत्था कालो मानिसको घाँटीमा ८ मिनेट ४६ सेकेन्ड घुँडा टेकिरहेको एउटा भिडियो क्लिप अमेरिकामा अहिले भाइरल भइरहेको छ ।

उक्त भिडियोमा जर्ज र वरपरका मानिसहरूले उनलाई मुक्त गर्न पुलिस अधिकारीसँग बिन्ती गरिरहेको देखिन्छ । जर्ज, पुलिस अफिसरको घुँडा मुनि, बारम्बार ‘कृपया, म सास फेर्न सक्दिन म सास फेर्न सक्दिन भनिरहेका थिए। यो नै उनका अन्तिम शब्दहरू बने ।’

यस घटनाको अमेरिकामा अनुसन्धान थालिएको छ । जबकि केसको बारेमा पूर्ण जानकारी अझै फेला परेको छैन। जर्जको घाँटीमा घुँडा टेक्ने प्रहरी अधिकारी डेरेक शोविनलाई पक्राउ गरिएको छ र उनलाई हत्याको आरोपमा हिरासतमा राखिएको छ।

घटनाको भिडियो बाहिरीएपछि धेरै मानिसहरू क्रोधित बनेका छन् । मिनेसोटा शहरलगायत अमेरिकाका धेरै ठाउँहरूमा विरोध प्रदर्शनहरू भइरहेका छन् ।

नेशनल एसोसिएसन फर एडभान्समेन्ट अफ कलर्ड पिपलले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘यी कार्यहरूले जातीय भेदभाव, जेनोफोबिया र पूर्वाग्रहबाट प्रेरित हाम्रो समाजमा कालो मानिसहरुका विरुद्ध खतरनाक देखिएको छ ।

प्रदर्शनीको क्रममा बोकिएका ब्यानरहरुमा यो पनि लेखिएको छ ‘हामी अब मर्न चाहँदैनौं । ’यो घटनापछि, अमेरिकामा जातीय हिंसाको इतिहासबारे पनि बहस सुरु भएको छ। काला मानिसहरुविरुद्धको पुलिस क्रुरताका कारण हुने यस्ता घटनाले जनताको क्रोध पनि बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV