१७ जेष्ठ २०७७, शनिबार
  • रामगोपाल तमखु

भक्तपुर, १७ जेठ । भक्तपुरको मध्यपुर थिमी १ मा ड्रोन उडाएर कोरोना सम्बन्धी जनचेतना फैल्याइएको छ ।

कोरोनाको महामारी फैलिरहेको बेला मध्यपुरको लोकन्थलीमा यसवाट बच्ने उपायसहितको अडियो रेकर्ड राखेर जनचेतना फैलाएको मध्यपुर थिमी १ का वडाध्यक्ष सुरज खड्काले जानकारी दिनुभयो ।

लकडाउनको समयमा पनि अतिआवश्यक बाहेका पसलहरु पनि खुल्ला गरिएको , विनाकाम पनि मानिसहरु बाहिर निस्कने गरेपछि ड्रोन मार्फत जनचेतना फैलाउने कार्य गरिएको उहाँको भनाइ छ ।

ड्रोन उडाउन ललितपुरको कुपन्डोल स्थित पोकुरा ईनोभेसन प्रालिका गोकर्ण जङ्ग थापाको नेतृत्वको टोलीले आज र भोलि स्वयंसेवा प्रदान गरेका छन् ।

उक्त टोलीका ईञ्जिनियरहरु राम खनाल, सुशील खड्का र साजन अमात्यले आज र भोलि दैनिक ४ घण्टा ड्रोन उडाएर जनचेतना फैलाउन सहयोग गर्ने वडाध्यक्ष खड्काले जानकारी दिनुभयो ।

यसरी ड्रोन मार्फत जनचेतना फैलाउदाँ घरघरमा पनि गइरहन नपर्ने र सुरक्षित पनि हुने उहाँको भनाइ छ । दुई दिन ड्रोन उडाउन तीन लाख रुपैयाँ खर्च लाग्ने र यो सवै खर्च पोकुरा ईनोभेसनले नै व्यहोर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV