१७ जेष्ठ २०७७, शनिबार

काठमाडौं, १७ जेठ । गायक सञ्जु अमात्यको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक अमात्यले ‘एउटा सिन्को भए पनि यही देशका निम्ति भाच्न पाउ, जहाँ भए पनि जे भए पनि नेपाली भई बाच्न पाउ’ गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

गायक अमात्यको आफ्नै शब्द रहेको ‘एउटै सिन्को भएपनि’ गीतलाई प्रह्लाद भक्त संग्रौलाले संगीतबद्ध गरेका हुन् । संगीत एरेञ्ज राजिव शाहले गरेका हुन् । त्यस्तै भिडियोलाई शैलेन्द्र चौलागाईंले छायाङ्कन गरेका हुन् ।

माया–प्रेम, बिछोडदेखि लिएर समाजका लागि चेतना मूलक सन्देशहरु बोकेका गीत हुदै देश भक्ती गीतसम्म गाएका गायक अमात्यले धेरै नेपाली तथा भोजपुरी फिल्महरुमा समेत स्वर दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV