१७ जेष्ठ २०७७, शनिबार
  • रामगोपाल तमखु

भक्तपुर, १७ जेठ । गएराति एनआईसी एसिया बैकको एटिएम फुटाउँदै गरेको अवस्थामा मध्यपुर थिमी ६ बाहाखा बजारवाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

शुक्रवार राति सवा २ बजे सञ्जीव चित्रकारको घरको भुईतल्लामा रहेको एनआईसी एसिया बैकको एटिएम फुटाउदै गर्दा सिन्धुपाल्चोकका हाल मध्यपुर थिमी ६ नगदेश बस्ने २१ बर्षीय सचिन तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तामाङको साथवाट प्रहरीले एटिएम फुटाउन ल्याएको ह्याम्वर, स्क्रु ड्राईभर, डण्डी सहित राति गस्तीमा रहेको टोलीले नियन्त्रण लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्त डीएसपी दीपक गिरीले जानकारी दिनुभयो ।

तामाङले एटिएम चोरी गर्दै छ भन्ने सूचनाको आधार प्रहरी निन्त्रणमा लिन सफल भएको डीएसपी गिरीले बताउनुभयो । एटिएममा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV