१६ जेष्ठ २०७७, शुक्रबार

काठमाडौं, १६ जेठ । आगामी आर्थिक वर्ष २०७७/७८ देखि १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेता खेलाडीहरुले आजिवन भत्ता पाउने भएका छन् ।

सरकारको नीति तथा कार्यक्रम अन्तर्गत रहेर युवा तथा खेलकुद मन्त्रालय मातहत १३औं सागमा स्वर्ण पदक जित्न सफल सबै ५१ खेलाडीहरुलाई आजिवन भत्ता दिने भएको हो ।

युवा तथा खेलकुद मन्त्रालयका अनुसार स्वर्णधारी खेलाडीहरुले जनही मासिक ६ हजारको दरले आगामी साउनबाट लागू हुने गरी आजिवन भत्ता पाउनेछन् ।

यसअघि गत बैशाखमा सरकारको घोषणा अनुसार १३ औं सागमा व्यक्तिगत इभेन्टतर्फ स्वर्ण जित्नेले ९ लाख, रजत जित्नेले ६ र कास्य जित्नेले ३ लाख प्राप्त गरेका थिए ।

त्यस्तै टिम इभेन्टतर्फ स्वर्ण जित्नेले ६, रजत जित्नेले ४ र कास्य जित्नेले २ लाख पाएका थिए । त्यस्तै एक भन्दा बढी स्वर्ण जित्नेले ११ लाखका दरले रकम पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV