१६ जेष्ठ २०७७, शुक्रबार

एजेन्सी, १६ जेठ । बोलिभियन फुटबल स्टार डेबर्ट फ्रान्स रोमन गुजमानको कोरोना भाइरसबाट ज्यान गएको छ । २५ वर्षीय गुजमान कोरोनाको कारण ज्यान गुमाएका बोलिभियाका पहिलो खेलाडी हुन् । केही हप्ता अस्पतालमा कोरोनासंग लडिरहेका उनको यो साता ज्यान गएको जनाइएको छ ।

गुजमानले ज्यान गुमाएको घटनाले उनको परिवारमा थप पीडा थपिएको छ । केही समय मात्र अगाडि उनको बुवा क्लबका पूर्व अध्यक्ष बेलिजाइरो रोमन र उनका काका डेपोर्टिभो पेरेजिकका प्रबन्धक लूस कारमेलो रोमनले ज्यान गुमाएका थिए । बोलिभियामा कोरोना भाइरसले धेरै ठूलो विनाश गरेको छ ।

रिर्पोटका अनुसार उनीहरु बेलिजारियोकी श्रीमती र दुई छोरीका साथ प्याती छिमेकीमा एउटै घरमा बसेका थिए । बोलिभियन फुटबल महासंघले गुजमानलाई श्रद्धान्जली प्रदान गरेको जनाइएको छ । उनी देशका भाइरसबाट मृत्यु हुने पहिलो खेलाडी हुन् ।

फुटबल महासंघका अध्यक्ष एन्जेल सुआरेजले भने “बोलिभियाली फुटबल संघले डिबर्ट रोमन गुजमानको साथी र परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ र हामी परमेश्वरलाई यी कठिन क्षणहरूमा बलको लागि आग्रह गर्दछौं। ”

प्रतिक्रिया दिनुहोस्
LIVE TV