१६ जेष्ठ २०७७, शुक्रबार

काठमाडौं, १६ जेठ । श्री वीरेन्द्र अस्पतालमा कार्यरत प्राविधिक रथीबृन्द तथा अधिकृतहरुलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

शुक्रबार जंगी अड्डामा आयोजित एक विशेष समारोहका प्राविधिक उपरथी दर्जामा पदोन्नती भएका श्री वीरेन्द्र अस्पतालका सहायक रथी डा. नगेन्द्र बहादुर केसी, प्राविधिक सहायक रथी दर्जामा पदोन्नती भएका सोही अस्पतालका प्राविधिक महा सेनानी डा. भरत बहादुर भण्डारी र प्राविधिक महा सेनानी दर्जामा पदोन्नती भएका सोही अस्पतालका प्राविधिक प्रमुख सेनानी डा. सुमनराज डंगोललाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

पदोन्नती भएका प्राविधिक उपरथी डा. नगेन्द्र बहादुर केसीलाई श्री सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारीमा नियुक्त गरिएको छ । त्यस्तै, अन्य रथीबृन्द तथा अधिकृतहरुलाई सोही अस्पतालमा पदस्थापन गरिएको जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV