१६ जेष्ठ २०७७, शुक्रबार
  • उत्तम पौडेल,

पोखरा, १६ जेठ । अकस्मात ढाड र पेट दुखेर गैह्रापाटनस्थित फिस्टेल अस्पतालमा जँचाउन पुगेकी पोखरा रामकृष्ण टोलकी ३९ वर्षीया मिरा मुल्मीको मृत्यु भएको छ ।

अस्पताल पुगेपछि मिरालाई चिकित्सकले इन्जेक्सन दिएका थिए । इन्जेक्सन दिएको केही समयमै उनको मृत्यु भएको हो ।

तस्वीर : फेसबुक

बिहान मर्निङ वाकपछि केही समय ब्याडमिन्टन खेलेको समयमा नै उनलाई पीडा महशुस भएको थियो । मिराका पति प्रदीपले भने, ‘लगत्तै मैले गाडीमा हालेर हस्पिटल पु¥याए तर उनको ज्यान गयो ।’

मिराको मृत्यु भएपछि आफन्तले हस्पिटललाई दोष दिएका छन् । हाल हस्पिटलमा मृतकका आफन्त र हस्पिटल प्रशासनबीच वार्ता भइरहेको छ ।

मृतककी पति प्रदीप फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका अध्यक्ष हुन् ।
मुल्मी दम्पतिका १ छोरा र १ छोरी छिन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV