१६ जेष्ठ २०७७, शुक्रबार

काठमाडौं, १६ जेठ । नेपालमा थप १ सय ७० जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा शुक्रबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल १ हजार २ सय १२ पुगेको छ ।

आज थपिएको संख्या अहिलेसम्मकै उच्च हो । यस अघि हिजो बिहीबार एकैपटक १ सय ५६ जनामा संक्रमण पाइएको थियो ।

थपिएका १ सय ७० मा १ सय ६५ पुरुष र ५ महिला रहेका छन् । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार संक्रमण पुष्टि हुनेहरुमा रौतहटका ५६ जना, कपिलवस्तुका ५२ जना, झापामा २८ जना लगायत छन् ।

कपिलवस्तुमा कोरोना कहर निरन्तर

कपिलवस्तुमा ५२ जना पोजेटिभ पुष्टि भएकामा बुद्धभुमि नगरपालिका वडा नम्बर ४ का बर्ष ३६ पुरुष १ जना, वाड न ८ बर्ष २४ का पुरुष १ छन् ।

कृष्णनगर नगरपालिका वडा १ का बर्ष २६, २७, २७, २७, ३०, ४८ का पुरुष ६ जना, वडा न २ का बर्ष १८, २३, ४२ का पुरुष ३ जना, वाड न ४ का बर्ष २३ का पुरुष १ जना गरी ११ जना छन् ।

यसैगरी यशोधरा गाउँपालिका वडा न ३ का बर्ष ३७ देखि ५२ सम्मका ४ जना, वडा न ४ का बर्ष ४५ का पुरुष १ जना, वडा न ५ का बर्ष ७ का बालक १ जना , वडा न ६ का बर्ष ६ देखि ५० सम्मका २३ पुरुष र वडा न ७ का १५ देखि ५० बर्ष सम्मका ७ पुरुष गरी कुल ३६ जना छन् ।

यस्तै विजयनगर गाउँपालिका वाड न ७ का बर्ष १६ देखि २८ सम्मका ३ जना पुरुष छन् । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या १ सय ८८ पुगेको छ ।

प्रदेश २ को अवस्था भयावह बन्दै

प्रदेश नम्वर २ मा पछिल्लो २४ घण्टामा ९६ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जस अनुसार सप्तरी जिल्लामा ५ जना, धनुषा जिल्लामा १ जना, सर्लाही जिल्लामा ४ जना, रौतहट जिल्लामा ७३ जना, बारा जिल्लामा ४ जना र पर्सा जिल्लामा ९ जनामा कोरोना संक्रणको पुष्टि भएको हो ।

सप्तरी जिल्लाको राजबिराज नगरपालिकाका ५ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा जिल्लाको खजुरी क्वारेन्टाइनमा रहेकी बर्ष ५० की १ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाही जिल्लाको कौडेना गाउँपालिकाका २ जना पुरुष तथा सर्लाही जिल्लाकै मलंगवा नगरपालिकाका १ जना पुरुष र १ जना महिलागरी कुल ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको कोभिड विशेष अस्पतालबाट हिजो मित २०७७ साल जेठ १५ गते १ जना संक्रमित उपचार पश्चात निको भएर डिस्चार्ज भएका छन् । यो सँगै यस प्रदेशमा ९८ जना कोरोना संक्रमण प्रमाणीत भएका ब्यक्तिहरु उपचार पश्चात निको भएका छन् ।

कोभिड १९ मा मृत्यु हुनेको संख्या ६ पुग्यो

यसैबीर नेपालमा कोरोना भाइरसको संक्रमण कोभिड १९ बाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । कोरोना पुष्टि भएका व्यक्ति अर्घाखाँची जिल्ला भुमिकास्थान गाउँपालिका वाड न ९ का बर्ष ३५ का पुरुष हुन् । उनी भारतबाट नेपाल आउदै गर्दा भारत (बाटोमा) मृत्यु भएको थियो । उनको नमुना गत चैत ११ गते कृष्णनगरमा संकलन गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको मृत्यु कोभिड १९ बाट भएको पुष्टि गर्दै नेपालमा यस रोगबाट मृत्यु हुनेको संख्या ६ पुगेको जनाएको छ ।

२ सय ६ जना भए निको

कोरोना संक्रमित थपिदै गर्दा निको हुनेको संख्या पनि उल्लेख्य बढ्दै गएको छ । शुक्रबार दिउँसोसम्ममा २ सय ६ जना संक्रमित निको भएर घर फर्किएका छन् । जस्मा पुरुषको संख्या १ सय ६५ र महिलाको संख्या ५ रहेको छ ।

LIVE TV