१६ जेष्ठ २०७७, शुक्रबार
  • विवेक राई,

भोजपुर, १६ जेठ । भोजपुरको पूर्वी पौवादुम्मा गाउँपालिकामा आफूले आफ्नै छातीमा भाला प्रहार गर्दा एकको ज्यान गएको छ ।

पौवादुम्मा गाउँपालिका ६ रेलेटोलका धनवहादुर राईले आफ्नै छातिमा भाला हान्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यााय भोजपुरले जनाएको छ । मानसिक रोगी समेत रहेका ५३ वर्षीय राईले आफूले आफैलाई भाला हानेपछि उनकी श्रीमती दिलकुमारी राईले प्रहरीलाई खबर गरेकी बताइएको छ ।

दिलकुमारीले आफ्नो श्रीमानको घटना बारे बिहान ३ बजेर ४५ मिनेटमा प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरीले आवश्यक कानू प्रकृया गरी धनवहादुरको पोष्टमार्टम गर्नको लागि जिल्ला अस्पताल भोजपुर ल्याउँदै गरेको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV