१६ जेष्ठ २०७७, शुक्रबार

एजेन्सी, १६ जेठ । बेलायती प्रधानमन्त्री जोनसन बोरिसले बेलायतमा सबै पसलहरु जुन १५ देखि खोल्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री बोरिसले बेलायतमा खेलौना, कपडा र फर्निचर लगायतको सबै पसलहरु खोल्ने योजनाहरूको घोषणा कोरोना भाइरस प्रेस ब्रिफिंगमा गरेका हुन् । उनले जुन १५ देखि सबै पसलहरु खोल्ने भनेपछि जुन १ गतेदेखि बाहिर बजार र कार सो रुमहरु पनि खुल्न सक्न जनाइएको छ ।

प्रधानमन्त्रीले बोरिसले पहिलो पटक आइतबार बेलायतमा लकडाउन हटाउने योजनाको खुलासा गरेका थिए । उनले लकडाउन कम गर्नका लागि आवश्यक पर्ने पाँचवटा परीक्षण पूरा भएको कुरा पनि पुष्टि गरेका छन् ।

प्रधानमन्त्रीले बोरिसले यो पनि घोषणा गरेका छन् कि व्यक्तिको समूह बाहिर भेट गर्न सक्छ, तर विभिन्न घरपरिवारले अझै दुई मिटर टाढाको दूरी भने कायम राख्नु पर्नेछ । उनले जून १ मा स्कूलहरू फेरि खुल्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV